Logo
२८ असोज २०८२, मंगलबार

सार्वजनिक भयो ‘नेपाली हाम्रो जात’

अक्षरपाटी
२०८० असार १ , शुक्रबार ०९:०६ मा प्रकाशित

काठमाडौं। संदेशमुलका गीतसंगीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डिआर सुजनले नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ ल्याएका छन्।

आफ्ना अघिल्ला गीत झैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक संदेश प्रस्तुत गरेका छन्।

‘गीतसंगीतमार्फत चेतना वृद्धि गर्नु हामी सर्जकको दायित्व पनि हो। त्यहिँ कारणले मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन्’, सुजनले भने, ‘यसमा मैले जातीय भन्दा पनि वर्गीय विभेद विद्यमान छ भन्ने संदेश दिएको छु।’

उनले सार्वजनिक गरेकोे म्युजिकल फिल्ममा सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको बताएका छन्।

‘हामी जुनसुकै जात भएपनि नेपाली हौँ। गीतमा मैले यहिँ भावलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । जातीय वर्गीकरण गर्नुहुदैन भन्ने हाम्रो आशय हो’, उनले भने।

गीतमा शब्द, संगीत, परिकल्पना, कथा र निर्देशन सुजनकै रहेको छ। यसमा सुजनसँगै हेमन्त कान्छा रसाईली, राजु परियार र धर्म गन्धर्वको स्वर रहेको छ।

सार्वजनिक म्युजिकल भिडियोमा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, तारा बहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वरी बराल लगायतका कलाकारले अभिनय गर्नुभएको छ।

यसमा मुकेश नेपालीको नृत्य निर्देशन, किरण चैसिरको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर, रोनिशा अधिकारीको मेकअप रहेको छ।

सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेल निर्माता रहनुभएको ‘नेपाली हाम्रो जात’ डि.आर सुजन नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको छ।