Logo
२९ वैशाख २०८२, सोमबार

सांस्कृतिक संस्थानद्वारा सम्मान र पुरस्कार

अक्षरपाटी
२०८० असार ६ , बुधबार १०:०६ मा प्रकाशित

काठमाडौं ६ असार। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औं वार्षिक उत्सबका अवसरमा श्रष्ठा तथा कर्मचारीलार्य सम्मान गरेको छ।

वार्षिक उत्सबको अबसरमा विविध सांस्कृतिक कार्यक्रमसहित विभिन्न श्रष्टालाई पुरस्कार प्रदान गरेको हो।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक उत्सब समारोहमा वरिष्ट गायक÷संगीतकार तथा साहित्यकार गणेश रसिकलाई घिमिरेले ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मानित गरियो।

उनलाई ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानित गरियो।

सांस्कृतिक संस्थामा महाप्रबन्धकको रुपमा रहेर समेत उनले सेवा गर्नुका साथै आजीवन नेपाली संगीत क्षेत्रमा योगदान पु¥याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए।

समारोहमा सभामुख देवराज घिमिरेले समारोहमा तीन जना कलाकारलाई र एकजना उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरे। सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८० बाट बरिष्ट गायक÷संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुराईलाई पुरस्कृत गरियो।

सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८० बाट बरिष्ट नृत्यकलाकार विमला श्रेष्ठ क्षत्रीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८० बाट अभिनेत्री शुष्मा शाहीलाई पुरस्कृत गरियो।

संस्थानमा रहेर लामो समय सेवा गरेको र सम्बन्धित विधामा निरन्तर योगदान दिएको भन्दै जनही ५१ हजार रुपैयाँ सहित यी तीन कलाकारलाई पुरस्कृत गरिएको हो।

यो वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशबराज राईलाई प्रदान गरियो।

वार्षिक उत्सबमा सबैलाई स्वागत गर्दै संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले संस्थानमा रहेर आफुले गरेको विभिन्न कार्यहरुको जानकारी गराए। उनले लोक संस्कृतिको अभिलेखिकरणदेखि सांस्कृतिक फोटो पुस्तक प्रकाशनसम्मको चर्चा गरे।

सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै सँरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताए।

सो वार्षिक उत्सब समारोहका सभापति एवम् संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिब सुरेश अधिकारीले संस्थानले ५१ औं वार्षिक उत्सबमा प्रस्तुत गरेको गायन एवम् नृत्यले उत्कृष्ट रहेको बताए।

समारोहको दोश्रो शत्रमा हिमालदेखि तराईसम्मका विविध गीत संगीत तथा नृत्य प्रस्तुत गरियो।

तराईको संस्कृतिलाई समेटिएको भोजपुरी गायन तथा नृत्य र मैथिली गायन तथा झिझिया नृत्यले भोजपुरी गायन तथा होली नृत्य निकै आकर्षक थियो।