Logo
२७ वैशाख २०८२, शनिबार

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप पाँच दिन थुनामा राख्न अनुमति

अक्षरपाटी
२०८० असार ३१ , आईतबार ०७:०७ मा प्रकाशित

काठमाडौं ३१ असार। बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरातमा राख्न अनुमति दिएको हो।