Logo
२८ वैशाख २०८२, आईतबार

नई एकेडेमी अस्ट्रेलियाको वुमन अवार्ड तथा तीज महोत्सव सम्पन्न

अक्षरपाटी
२०८० साउन २९ , सोमबार ०४:०८ मा प्रकाशित

सिड्नी २९ साउन। नई एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव सम्पन्न गरेको छ।

११ अगष्ट ग्रानभिलको रातो घरमा एकेडेमीले अस्ट्रेलियाभर रहेका विभिन्न विधामा उत्कृष्ट नारीलाई ुनइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर २०२३ु अवार्डद्वारा सम्मान गर्नुका साथै तीज विशेष कार्यक्रम मनाएको हो।

कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू पार्लामेन्ट सदस्य डोना डेविस, नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी, अनेसा पूर्व अध्यक्ष सानु घिमिरे, एनआरएनए आईसी सदस्य रमेश अधिकारी, एनआरएनए सह कोषाध्यक्ष रोजी पन्थ, नारी निकुञ्ज एनएसडब्ल्यू अध्यक्ष सवला बस्नेत, नारी निकुञ्ज पूर्व डेप्युटी कोअर्डिनेटर भवानी पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल लगायतको उपस्थिति थियो।

नई एकेडेमी अस्ट्रेलियाकी अध्यक्ष सिमा रोशीले सबैलाई स्वागत गर्दै संस्थाको बारेमा जानकारी गराएकी थिइन्। कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्देश्य कला संस्कृतिलाई अगाडी बढाउनु रहेको भन्दै यस्ता कार्यक्रमले नेपाली संस्कृति कला र भाषाको उत्थानका लागि योगदान दिने बताए।

उनले यस्ता कार्यक्रम प्रति आफ्नो सदैव सदासयता रहने बताए। त्यस्तै नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले हालै निर्वाचित एनआरएनएको नयाँ समिति सक्रिय रहेको भन्दै कला संस्कृतिको उत्थानका लागि यस्ता कार्यक्रम आयोजा गर्ने र यस्ता संघ संस्थासगं सहकार्य गरेर अगाडी बढ्ने बताए।

एनएसडब्ल्यू मेम्बर डोना डेविसले नेपाली समुदाय अन्य समुदायजस्तै ठुलो समुदाय रहेको भन्दै उनले नेपाली संस्कृतिलाई महत्वका साथ हेरेको भन्दै अझै अगाडी बढाउन सहयोग गर्ने बताइन्।

उनले नेपाली संघ संस्थासँग सहकार्य गर्न आफू सदैव तत्पर रहने बताइन्। कार्यक्रममा जेनिशा गौतम, निशा केसीले संगीत प्रस्तुत गरेका थिए। सो अवसरमा नई एकेडेमी अस्ट्रेलियाले वर्ष नारी घोषणा गरी सम्मान गरिएको छ।

स्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरिएको थियो।

निर्णायक मन्डलमा ५ देशमा रहेका नेपाली समाज अगुवाहरुमा अमेरिकाबाट श्रीमती गीता खत्री, बेलायतबाट सुरेशजंग शाह, भारतबाट अप्सरा दाहाल, नेपालबाट अभिनन्दन शर्माले उनीहरुलाई अवार्ड प्रदान गर्ने सल्लाह दिएका थिए।

त्यस्तै आर्ट कल्चर सोसल सर्भिसतर्फ दोश्रो अवार्ड नारी निकुञ्जलाई प्रदान गरिएको छ। तेश्रो अवार्ड अचना कोईराला साईन्स एण्ड टेक्नोलोजि तर्फ प्रदान गरिएको छ।

तीज महोत्सवमा कलाकारहरु सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिपशी भट्टलगायतले गीत प्रस्तुत गरेका थिए।

कार्यक्रम सम्पन्न गर्न लागि सांस्कृतिक संयोजक