Logo
१९ वैशाख २०८३, शनिबार

भदौ १४ मा ‘गणपति’

अक्षरपाटी
२०८० साउन ३० , मंगलबार ०५:०८ मा प्रकाशित

काठमाडौं, ३० साउन । फिल्म ‘गणपति’को ट्रेलर मंगलबार ओएसआर डिजिटलबाट रिलिज गरिएको छ।

भदौ १४ गते प्रदर्शन हुने फिल्मको ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।

सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा निसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने बिबिध परिस्थितिलाई प्रस्तुत गरिएको छ।

कमेडी र सेन्टिमेन्ट भरपुर देखिने फिल्ममा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमीरे, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानाका साथमा अथिति भूमिकामा अभिनेत्री बर्षा शिवाकोटीले अभिनय गरेकी छिन्।

रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको फिल्मको ट्रेलरमा प्रमुख सबै कलाकारलाई समेटिएको छ।