Logo
११ पुस २०८१, बिहीबार

‘हेलो सरकार’ आजबाट २४ सै घण्टा सञ्चालन

अक्षरपाटी
२०८० भदौ १७ , आईतबार ०२:०९ मा प्रकाशित

काठमाडौं,१७ भदौ । सरकारले ‘हेलो सरकार’लाई २४ घण्टा नै सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सार्वजनिक सेवालाई प्रभावकारी बनाउन २४ सै घण्टा सञ्चालन हुने गरी ‘हेलो सरकार’ शुभारम्भ गरेका हुन्।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनतासँग प्रत्यक्ष सम्पर्कका लागि भनेर हेल्लो सरकार स्थापना भएको थियो। हाल बिहान ७ बजेदेखि राति ९ बजेसम्म मात्रै हेलो सरकारको सेवा सञ्चालनमा थियो।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ३१ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम २० लाई थप प्रभावकारी बनाउन नेपाल सरकारले हेलो सरकार कक्ष सञ्चालन निर्देशिका २०६८ जारी गरी क्रियाशील रहँदै आएको थियो।