Logo
३१ असार २०८२, मंगलबार

बाँकेमा शक्तिशाली बम विस्फोटहुँदा सडकमा पर्‍यो खाडल

अक्षरपाटी
२०८० भदौ ३१ , आईतबार ०२:०९ मा प्रकाशित

बाँके,३१ भदौ । बाँकेस्थित पूर्व-पश्चिम राजमार्गमा शक्तिशाली बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीका अनुसार शनिबार राति राप्ती सोनारी गाउँपालिकाको सडकमा बम विस्फोट भएको हो । राप्ती सोनारी-९ ढकेरीदेखि २ किलोमिटर पुर्व महेन्द्र राजमार्गमा बम विस्फोट हुँदा सडक भत्किएको छ।

डीएसपी डाँगीले द्वन्द्वकालीन माइन भएको बताए। उनले भने,‘द्वन्द्वकालीन माइन हो। पड्किएको कसैले थाहा पाएन। मानवीय क्षति भएन। सेनाले थप माइन खोज्दा फलामका टुक्राहरू मात्र भेटिए।’

नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले आज बिहान विस्फोट भएको स्थलको अवलोकन गरेको थियो। सडक विभागले राजमार्ग मर्मत सम्भार गरेको छ।