Logo
१७ असार २०८२, मंगलबार

शिक्षा विधेयकको विरोधमा प्रदर्शन गर्ने १७ विद्यार्थी पक्राउ

अक्षरपाटी
२०८० असोज ५ , शुक्रबार ०२:०९ मा प्रकाशित

काठमाडौं, ५ असोज । शिक्षा विधेयकको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज दिउँसो १ बजे सिंहदरबारको दक्षिण गेटको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

पक्राउ परेका १७ जना मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध छन्।

प्रहरी शिक्षकहरूको आन्दोलनमा परिचालन भएको मौका छोपेर उनीहरू निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेको एसपी ढुंगेलले जानकारी दिए।
पक्राउ परेका १७ जनालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।