Logo
२६ वैशाख २०८२, शुक्रबार

‘सालको पात’मा शिल्पा

अक्षरपाटी
२०८० असोज ६ , शनिबार ०७:०९ मा प्रकाशित

काठमाडौं। हास्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले बैदेशिक रोजगारिको पीडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन्।

गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका ब्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पिडा ब्यक्त गरिएको छ।
गीतमा शब्द तथा संगीत श्रमदीप चौलागाईको छ। गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन्।

गीतको भिडियोमा पनि बैदेशिक रोजगारिको सिलसिलामा विदेश गएएका एक ब्यक्ति विदेशको जेलमा पर्दा त्यसको परिवारले उसलाई नेपाल ल्याउन गर्ने बिभिन्न संघर्षको कथा बुनिएको छ। गीतको पिपडालाई भिडियो झन् दर्शाएको छ।

अभिनेत्री शिल्पा पोखरेल, सुरवीर पण्डित र युवराज गौतमकोको अलवा बालकलाकारको एलेक्स खड्काको अभिनय रहेको भिडियो निकै मार्मिक बनेको छ।

भिडियोमा युवराजले विदेशिने युवक, शिल्पाले युवकको श्रीमती र सुरबिरले बुबा र बालकलाकारले छोरोको भुमिका निर्वाह गरेका छन्।

युवराजको यो पहिलो भिडियो हो। पहिलो भिडियोबाटै उनले अभिनयमा राम्रो सम्भावना देखाएका छन्।

दिन्सन शाहको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र एस हुमागाईले गरेका हुन्।

गीतले बैदेशिक रोजगारिमा जाने ब्यीक्तको पिडा ब्यक्त गरेकोले सबैले मनपराउने विश्वास आफूले लिएका गायक राजा राजेन्द्र पोखरेलले बताए।

‘हामीले गीत लामो समयसँग प्रथामिकता पर्ने हिसाबले निर्माण गरेका हौ’, पोखरेलले भने ‘गीतले आपत्तमा परेका नागरिकलाई पनि झकझकाउछ।’

राजेन्द्रका अहिलेसम्म ४ गीत बजारमा आएका छन्। गायन पनि कलाकारिताको एउटा महत्वपुर्ण पाटो भएकोले आफूले अभिनयको अलवा गायन पनि गर्दै आएको पोखरेलले बताए।