Logo
२१ वैशाख २०८२, आईतबार

नेपाल सुपर लिगमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

अक्षरपाटी
२०८० मंसीर १४ , बिहीबार १०:११ मा प्रकाशित

काठमाण्डौ,१४ मंसिर । नेपाल सुपर लिग (एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्नेछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।

हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीको समान दुई खेलमा समान चार अङ्क भएको छ ।

पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलले र पोखराले एफसी चितवनलाई १–० गोलले हराएको थियो । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।