Logo
४ वैशाख २०८१, मंगलबार

पसाउने बेला धानमा रोगको सङ्क्रमण

अक्षरपाटी
२०७९ असोज ८ , शनिबार १०:०९ मा प्रकाशित

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ।

जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिए।

गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उनको भनाइ थियो।

“नगरभित्रका धेरै किसानले ह्वाइट फ्लाईबारे गुनासो गर्न थाल्नुभएको छ”, शाखाप्रमुख शर्माले भने, “कृषकको धान खेतमा गएर हेर्दा पनि पसाउने बेलाको धानमा धेरै सङ्क्रमण देखेका छौँ, यसको नियन्त्रणका लागि माथिल्लो निकायलाई जानकारी गराइसकेका छौँ।”

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले ह्वाइट फ्लाई सङ्क्रमण जिल्लाभरि नै देखिएको बताए। जिल्लाको जम्मा कति क्षेत्रफलमा यसको सङ्क्रमण देखिएको छ भनेर कार्यालयले तथ्याङ्क लिने काम गरिरहेको उनको भनाइ थियो।

धानमा संक्रमण