Logo
१६ चैत्र २०८०, शुक्रबार

सुदूरपश्चिम राजधानी कप सुरु : उद्घाटन खेल आधामै रोकियो

अक्षरपाटी
२०७९ असोज ८ , शनिबार ०९:०९ मा प्रकाशित

कैलाली । कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ।

पीएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा सातवटा प्रदेशको सहभागीता रहेको फुटबल प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक योजना मन्त्री प्रकाश रावलले उद्घाटन गरे।

धनगढी स्थित रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन्।

ढिलो गरी उद्घाटन खेल भएपछि खेल रोकिएको छ। रात परेपछि स्थगित गरिएको खेल भोलि खेलाइने भएको छ।

बाँकी रहेको १७ मिनेटको खेल भोलि खेलाइने आयोजकले जनाएको छ। खेल रोकिनु अघि दुबै टोलीले गोलरहित बराबरी खेलका छन्। भोलि नै हुने अर्को खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेश पनि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख, सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन भने उप विजेताले नगद ३ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ।

 

सुदूरपश्चिम राजधानी कप