Logo
१५ चैत्र २०८०, बिहीबार

एसियन कप फुटबल छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्ने

अक्षरपाटी
२०७९ असोज २३ , आईतबार १०:१० मा प्रकाशित

१७ वर्षमुनिको एसियन कप फुटबल छनोटमा नेपालले आज चाइनिज ताइपेसँग खेल्दैछ।

खेल दिउँसो पौने चार बजे भियतनामको भियत त्रि स्टेडियममा सुरु हुनेछ । नेपाल यसअघिका दुवै खेलमा पराजित हुँदै छनोटबाट बाहिरिसकेकाले आज सान्त्वना जितको खोजीमा रहेको छ । ताइपे पनि पहिलो जितको योजनामा रहेको छ । नेपाल र चाइनिज ताइपे अङ्कविहीन अवस्थामा छन् ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० गोल अन्तरले र दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित भएको थियो । समान ६ अङ्क भए पनि भियतनाम शीर्ष स्थानमा र थाइल्यान्ड दोस्रो स्थानमा रहेका छन् । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ।