Logo
१२ वैशाख २०८१, बुधबार

शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै

अक्षरपाटी
२०७९ असोज २४ , सोमबार १०:१० मा प्रकाशित

काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयूमा सारिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको ७ गतेदेखि उहाँको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । लामो समयदेखि प्रोष्टेड र मुटुको समस्या भएका उहाँलाई डेङ्गी समेत भएको छ । उहाँलाई डेङ्गीले निकै गलाएको अस्पतलाले विज्ञप्ति निकालेर जनाएको छ ।

१७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३–४ दिनदेखि फेरि समस्या बढ्दै गएको विज्ञप्तिमा भनिएको छ । युरिन इन्फेक्शन तथा निमोनियाका कारण उहाँलाई हिजोदेखि आईसीयूमा सारिएको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले बताउनुभयो ।