




दैलेख, २२ कात्तिक । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार तथा कुटपिटबाट एकै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
स्थानीय बमबहादुर रावतले चन्द्रबहादुर पुन मगरको घरमै पुगेर हँसिया प्रहार तथा कुटपिट गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनामा चन्द्रबहादुरकी श्रीमती बिमा मगर गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। घटनामा महेसरा पुन, उनकी छोरी लक्ष्मी पुन र तिला पुन मगर पनि घाइते भएका छन्।
गम्भीर घाइते बिमालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ। अन्य घाइतेलाई स्थानीय स्वास्थ्य चाैकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको स्थानीय प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बमबहादुर रावतलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
तस्विर : टिकाराम रानाको फेसबुकवालबाट
दैलेख

