Logo
१३ वैशाख २०८१, बिहीबार

१७ वर्षमुनीको नेपाली फुटबल टोली स्वदेश फर्कियो

अक्षरपाटी
२०७९ असोज २६ , बुधबार ११:१० मा प्रकाशित

काठमाण्डौ । एएफसी १७ वर्षमुनिको एसियन कप छनोट खेलेर नेपाली टोली गएराति स्वदेश फर्किएको छ । टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङलगायतले स्वागत गर्नुभयो ।

व्यवस्थापकीय कमजोरीका कारण टोली मलेसियाको विमानस्थलमा २४ घण्टाको ट्रान्जिट बसेर आइपुगेको हो । भियतनाममा भएको छनोटमा नेपाल जितविहीन रहेको थियो । नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोलले पराजित भएको थियो ।

तीन वटा खेलमा १२ गोल खाएको नेपालले २ गोल मात्रै फर्काएको थियो ।