Logo
७ वैशाख २०८१, शुक्रबार

आजदेखि पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय गोल्डकप

अक्षरपाटी
२०७९ कात्तिक १५ , मंगलबार ०९:११ मा प्रकाशित

मोरङ। मोरङको बेलबारीमा पाँचौँ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

डाँगीहाट युथ क्लबका आयोजनामा बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा फुटबल प्रतियोगिता हुने छ। अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा विजेता टोलीले नगद आठ लाख एक हजार र उपविजेताले चार लाख एक हजार पाउने आयोजकले बताएको छ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई (डिपी)ले फुटबल प्रतियोगिता बेलबारीवासीको गौरवको विषय भएको बताए। प्रतियोगिताले हाम्रो नगर तथा खेलाडीलाई समेत देश तथा विदेशमा परिचित गराउन मद्दत पुयाएको छ।

पाँचौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण स्वर्णकप फुटबल आयोजक समितिका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारीको पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन बेलबारी गोल्डकप प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे ।

गत वर्षको विजेता टोली सशस्त्र प्रहरी बलसहित रोलिङ एफसी झापा, पेम्बा युथ क्लब विराटनगर, डाँगीहाट युथ क्लब आयोजक, सहारा क्लब पोखरा, भारतको पश्चिम बङ्गाल आमुक्त परिवार, सिराहाको सहलेस युथ क्लब एभिनियर फुटबल क्लब क्यामरून, युनाइटेड ब्रदर्श कालिम्पोङ भारत र धनकुटाको राजारानी फुटबल क्लबको प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताका आर्थिक संयोजक राजेश बस्नेतले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथमा हुने प्रतियोगितामा ५२ लाख खर्च र ६० लाख आम्दानी हुने अनुमान गरिएको बताए।

बेलबारी क्षेत्रको ब्राण्डका रूपमा स्थापित भइसकेको गोल्डकपको संस्करण मोफसलदेखि अन्तर्राष्ट्रियस्तरसम्म परिचित रहेको प्रचार–प्रचार संयोजक नरेन्द्र बस्नेतले दाबी छ।