Logo
११ असोज २०८३, आईतबार

देउवालाई स्वागत गर्न पुगे स्वतन्त्र उम्मेदवार सागर ढकाल

अक्षरपाटी
२०७९ कात्तिक १७ , बिहीबार ०३:११ मा प्रकाशित

स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरेका छन्। बुधवार नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा चुनाव लक्षित आमसभाका लागि डडेल्धुरामा पुगेका छन्।

ढकालले लाइनमा उभिएर देउवालाई फूलमाला लगाएर स्वागत गरेका हुन्। ढकालले केहि महिना अघिदेखि प्रतिनिधि सभामा चुनाव लड्न डडेल्धुरामा छन्।

प्रतिस्पर्धीलाई स्वागत गर्न लाइनमा बसेर आफूले राजनीतिक संस्कारको उदाहरण देखाउन खोजेको ढकालको भनाइ छ।ढकालले यसअघि उम्मेदवारी दर्ताक्रममा देउवा पत्नी आरजुराणा देउवासँग पनि भेटघाट गरेका थिए। पाँच वर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउाछौं ?’ भन्दै ढकालले प्रश्न गरेका थिए।

सो कार्यक्रममा देउवाले ढकाललाई झपार्दै जवाफ दिएका दिए। ढकाल पेशाले इन्जिनियर हुन्। उनी बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर नेपाल फर्केका थिए। केहि महिनाअघि देखि भने उनी चुनावका लागि घरदैलो अभियानमा छन्।