Logo
१६ चैत्र २०८०, शुक्रबार

चौथों एपिक नेपाल म्युजिक अवार्ड हुँदै 

अक्षरपाटी
२०७९ कात्तिक २० , आईतबार १०:११ मा प्रकाशित

काठमाडौं । प्रियसी म्युजिक प्रालिको आयोजनामा चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९ हुने भएको छ। भक्तपुरको शंखधर पार्कमा सम्पन्न पत्रकार सम्मेलन गरि चौथों एपिक नेपाल म्युजिक अवार्डको आबेदन फारम खुल्ला गरिएको जानकारी आयोजक संस्थाले गराएको छ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको चौथो एपिक नेपाल म्युजिक अवार्ड(२०७९ मा गित संगीतका सम्पूर्ण विधाहरुलाई समेटिने छ।

अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल एवम नव प्रतिभाका सर्वोकृष्ट रचनाहरुको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष्, काठे र देउडा गीतहरुलाई अवार्ड प्रदान गरिने अवार्डकी महासचिब तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठले जानकारी गराइन्।

त्यस्तै अवार्डको टप ५ नोमिनेसन पौष २ गते घोषणा गरिने तथा अवार्ड कार्यक्रम माघ ७ गते भक्तपुरमा नै सम्पन्न गरिने समेत जानकारी दिइन्।

चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९ का अध्यक्ष कृष्ण लाल साहुखलस्को सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा मध्यपुर थिमी नगरपालिकाको निबर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता तथा बिसेष अतिथिहरु मध्यपुर थिमी नगरपालिका वडा ४ का वडाध्यक्ष्य बाल कृष्ण श्रेष्ठ, हास्य अभिनेत्री पल्पसा डंगोल, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, गायिका शोभा त्रिपाठी, मोडल तथा गायक प्रस्तोता दुर्गेश थापा, संचारकर्मी कलाकार सूर्य चन्द, निर्देशक देबेन्द्र पाण्डे लगायतका विभिन्न व्यक्तित्व र पत्रकारहरुको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा बोल्दै मध्यपुर थिमी नगरपालिका वडा का वडाध्यक्ष्य बाल कृष्ण श्रेष्ठले आफ्नै वडामा सम्पन्न हुन लागेको म्युजिक अवार्डले एतिहासिक जिल्ला भक्तपुरको मौलिक कला संस्कृतिको जगेर्ना हुने र अवार्ड भब्य रुपमा सम्पन्न गराउन कुनै कसर बाकि नराख्ने बताए।

प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाको निवर्तमान नगरप्रमुख मदन सुन्दर श्रेष्ठले अवार्डको तेस्रो संसकरण आफ्नै कार्यकालबाट थिमी मध्यपुरमा सुरु भएको र अवार्डको चौथो संस्करण पनि भक्तपुरमानै हुन लागेकोमा खुशी ब्यक्त गरे।

चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९ का अध्यक्ष कृष्ण लाल साहुखलःले महानायक राजेश हमाललाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने जानकारी गराए।