Logo
१३ वैशाख २०८१, बिहीबार

एपीएफ प्रधानमन्त्री कप फाइनलमा

अक्षरपाटी
२०७९ कात्तिक २४ , बिहीबार ०२:११ मा प्रकाशित

काठमाडौं।। विभागीय टोली एपीएफ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेस प्रदेशलाई ७ विकेटले पराजित गर्दै फइनल प्रवेश गरेको हो । मधेस प्रदेशले दिएको १ सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्यो ।

उत्कृष्ट सुरुवात गरेको एपीएफका लागि ओपनर प्रदिप ऐरी र आसिफ सेखले ६० रानको साझेदारी गरे । पहिलो विकेटको रुपमा एपीएफले आसिफलाई गुमायो। २५ रनमा खेलिरहेका आसिफ दसौं ओभरको अन्तिम बलमा बोल्ड हुँदै पेभिलियन फर्किएका हुन।

प्रदिप ऐरीले ३३ र सुमित महर्जन १३ रनमा आउट भए। लोकेश बल ३५ र सन्दीप जोरा ६ रनमा अविजित रहे । बलिङमा रुपेश सिंहले दुई र राजेश यादवले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेस ३१ ओभरमा १ सय २२ रन बनाउँदै अलआउट भयो । खराब सुरुवात गरेको मधेसले २० औं ओभरमा मात्र ६२ रन हुँदा ७ विकेट गुमाएको आवस्थामा थियो।

उसका लागि रुपेश सिंहले सर्वाधिक अविजित ३६ रन बनाए। सन्तोस कर्कीले २०, इमरान सेखले १६, अनिल साहले १३ रन जोडे । मधेसलाई सस्तैमा समेट्न कमलसिंह ऐरीले ४ विकेट लिए। उनले ९ ओभर २७ रन खर्चर्दै ४ विकेट लिएका हुन्। भुवन कार्की र मौसम ढकालले समान २ विकेट लिए। अब उपाधिका लागि एपीएफले भोलि हुने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ।