Logo
७ वैशाख २०८१, शुक्रबार

‘हिजो आजका कुरा’ अब अमेरिका

अक्षरपाटी
२०७९ कात्तिक २७ , आईतबार ०६:११ मा प्रकाशित

काठमाडौं। वरिष्ट अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट बिदेश प्रदर्शन यात्रा सुरु गरेको छ।

फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुँदैछ।

निर्देशक साकार पन्तका अनुसार १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा फिल्म प्रदर्शन हुनेछ।
२० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुने तय भइसकेको छ।

गत असोज २८ मा देशभरका हलमा प्रदर्शन भएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। अमेरिकाका अन्य शहरहरुमा पनि फिल्म क्रमशः प्रदर्शन हुने तयारीमा रहेको निर्देशक साकारले जानकारी दिएका छन्।

उनका अनुसार अमेरिकासँगै फिल्म २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुअरिनामा प्रिमियर हुँदैछ। त्यसपछि फ्युजन मिडिया प्रोडक्शनले अन्य शहरहरुमा ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नेछ।

‘बिदेशमा ‘हिजो आजका कुरा’ प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकार भन्छन्, ‘अमेरिका,अष्ट्रेलिया झै क्यानडा,युरोप,जापानलगायत बिश्वका थुप्रै देशबाट फिल्मको डिमाण्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौँ।’

 

हिजो आजका कुरा