Logo
६ वैशाख २०८१, बिहीबार

शिव परियारको ‘छैन है गुनासो’ मा अन्जना र विक्रम

अक्षरपाटी
२०७९ कात्तिक २६ , शनिबार १०:११ मा प्रकाशित

काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो युट्युव ट्रेन्डिङमा आउन सफल भएको छ।

प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय छ।

भिडियोलाई साडे २ लाखले हेरिसकेका छन् भने भिडियो ट्रेण्डिगंमा आउन सफल भएको छ।

डीपी खनालका शब्द–सिर्जना रहेको गीतमा नविन कार्कीको संगीत रहेको छ। भिडियोलाई महेश महराको छायांकन गरेका हुन्।

लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको कथा र निर्देशन विक्रम चौहानको रहेको छ।

मोडलिङमा आएको छोटो समयमा नै अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेकी छन्। यसैबीच रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ।