Logo
१५ चैत्र २०८०, बिहीबार

म्याग्दीमा १०७ वर्षीय वृद्धले गरे मतदान

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार १०:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन् ।

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए ।

म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।