Logo
१३ वैशाख २०८१, बिहीबार

मतदानको विषयमा विवाद बढेपछि हवाई फायर

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार १२:११ मा प्रकाशित

हुम्ला ४ मंसिर। मतदानको विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मानधारा मावि केन्द्रमा मतदानको विषयमा विवाद बढेपछि विवाद सामान्य गर्न प्रहिरिले हवाई फायर गरेको हो ।

वारेशनामा मार्फत मतदान गर्ने क्रममा विवाद सुरु भएको थियो । विवाद उत्कर्षमा पुगेपछि सामान्य गर्न प्रहरीले करिब पौने १२ बजेतिर थ्री नट थ्री राइफलबाट हवाई फायर गरेको हो ।

त्यतिबेला देखि रोकिएको मतदान पुनः सुरु हुन सकेको छैन् । मतदान सुरु गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृतले जनाएका छन् ।