Logo
१५ चैत्र २०८०, बिहीबार

विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

अक्षरपाटी
२०७९ मंसीर ५ , सोमबार ०९:११ मा प्रकाशित

काठमाण्डौ । फिफा विश्व कप फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन्। आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई वटा खेल हुनेछन्।

आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरान नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन्। समूह ‘बी’ कै अर्को खेलमा अमेरिका र वेल्सबीच राति पौने एक बजे खेल हुनेछ।

त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच राति पौने १० बजे खेल हुनेछ। कतारमा हिजोदेखि विश्व कप सुरु भएको हो । यसमा ३२ देश सहभागी छन्। उद्घाटन खेलमा आयोजक कतारलाई २–० गोलले हराएर इक्वेडरले विजयी सुरुआत गरेको छ ।

कतार विश्व कप आयोजकका रुपमा उद्घाटन खेल हार्ने पहिलो देश समेत बनेको छ।