Logo
१२ वैशाख २०८१, बुधबार

साबिक विजेता फ्रान्सको सामना गर्दै अस्ट्रेलिया

अक्षरपाटी
२०७९ मंसीर ६ , मंगलबार १०:११ मा प्रकाशित

साबिक विजेता फ्रान्सले अस्ट्रेलियाविरुद्ध खेल्दै विश्वकप सुरुवात गर्दै छ । बालोन डिअर विजेता करिम बेन्जिमा चोटपछि टोलीबाहिर छन् । युइएफए नेसन्स लिगपछि टोलीमा पर्न संघर्ष गरेका बेन्जिमा आइतबार मात्र टोलीबाट बाहिरिएका थिए । यसैगरी, पाउल पोग्बा र एनगोलो कान्टे चोटकै कारण बाहिर छन् ।

स्टार स्ट्राइकर केलियन एम्बाप्पे खेलको मुख्य नायक हुनेछन् । अल वाक्रह मैदानमा सबैको नजर उनीमाथि हुनेछ । २३ वर्षको उमेरमै केलियन विश्वकै उत्कृष्ट स्ट्राइकर चुनिइसकेका छन् । सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा एम्बाप्पे उत्कृष्ट युवा खेलाडी घोषित भए । एम्बाप्पेलाई अग्रपंक्तिमा एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरुडले सहयोग गर्नेछन् । डिडिएर डेस्चाप्सको टोली आक्रामक रूपमा प्रस्तुत हुँदा ४–२–३–१ रणनीतिका साथ मैदानमा उत्रनेछ ।

ग्राहम अर्नोल्डको अस्टे«लियासमेत निकै फ्रेस रहेको छ । ह्यारी सोउटर र मार्टिन बोयलीले चोट बोके पनि अन्य खेलाडीले प्रभावशाली प्रदर्शन गर्नेमा अर्नोल्ड विश्वस्त छन् । अग्रपंक्तिमा जामिक म्याकलेरेन, म्याथु लेकीजस्ता खेलाडी छन् । मिडफिल्डमा आरोन मोय, ज्याक्सन इर्भिनजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ ।

सन् २०१० यता अस्ट्रेलियाले विश्वकपमा कुनै खेल जित्न सकेको छैन । अस्ट्रेलियाले विश्वकपमा १३ खेलमा मात्र दुईमा जित निकालेको छ । फ्रान्स र अस्ट्रेलियाबीच पछिल्लो भेट सन् २०१८ विश्वकपमा भएको थियो । ग्रिजम्यान र पोग्बाले गोल गर्दा फ्रान्सले खेल २–१ ले जितेको थियो ।