Logo
१३ वैशाख २०८१, बिहीबार

मुगुमा कांग्रेसका शाही विजयी

अक्षरपाटी
२०७९ मंसीर १० , शनिबार ०२:११ मा प्रकाशित

मुगु। मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही विजयी भएका छन्।

उनले १४ हजार ७ सय २ मत ल्याएर विजयी भएका हुन्। कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन्। शाही र कार्कीबीच तीन हजार नौ सय ९४ मतान्तर रहेको छ ।

विजयी भएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत हुन्। यस्तै प्रदेशसभा (क) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका छन्।