Logo
१५ वैशाख २०८१, शनिबार

यु–१९ क्रिकेट स् बागमतीको लगातार चौथो जित

अक्षरपाटी
२०७९ मंसीर १३ , मंगलबार ०४:११ मा प्रकाशित

कर्णाली प्रदेशमाथि सात विकेटको जित निकालेको बागमती प्रदेशले राजधानीमा जारी वाइवाइ यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार सम्पन्न खेलमा कर्णालीले ३६।२ ओभरमा सबै विकेट गुमाएर दिएको १३१ रनको लक्ष्य बागमतीले ३ विकेटको क्षतिमा पूरा गरेको हो। यससँगै बागमतीले जारी प्रतियोगितामा अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको हो।

मध्यम लक्ष्य पछ्याएको बागमतीका लागि लुक्की कठायत र अशोक पौडेलले अर्धशतकीय पारी खेले। ८ चौका प्रहार गर्दा कठायत ५१ रनमा अविजित रहे। ६४ बलको सामना गरेका पौडेलले ७ चौका र १ छक्का हिर्काए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक स्कोर गर्न सकेनन्। बलिङतर्फ कर्णालीका अनुज चनारा, युनिस सिंह र आवास साहले समान १÷१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि कप्तान विपिन रावलले अर्धशतकीय पारी खेले। उनले ९२ बल खेल्दा ९ चौकाको सहयोगमा व्यक्तिगत ६८ रनको योगदान गरेका थिए। यस्तै अर्का ओपनर मनिस थापाले २५ रन जोड्दा अनिरुद्ध कावरले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको पारी खेल्न सकेनन्।

बलिङतर्फ ७।२ ओभर बलिङ गरेका सक्रिय कार्कीले २ मेडन राख्दै २३ रन खर्चिएर सर्वाधिक ५ विकेट निकाले। अहम्मद राजाले ३ विकेट हात पार्दा ओमकार यादव र अभिषेक कोईरालाले १÷१ विकेट आफ्नो नाममा लेखाए।

जितसँगै बागमतीले ४ खेलबाट ८ अंक जोडेको छ। कर्णालको समान चार खेलबाट २ अंक मात्र छ। सुदूरपश्चिमसँग समान ८ अंक बनाएको बागमती तालिकाको दोस्रो स्थानमा छ।