Logo
३१ असार २०८२, मंगलबार

स्याङ्जा २ मा अर्याललाई पछि छाडे गुरुङले

अक्षरपाटी
२०७९ मंसीर १५ , बिहीबार १०:१२ मा प्रकाशित

स्याङजा १५ मंसिर। निर्वाचन सम्पन्न भएको १० दिनपछि स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।

पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन्। यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन्।

अर्यालले नै निर्वाचनलाई लिएर आपत्ति जनाएपछि मतगणना ढिलोगरि सुरु भएको हो।

पछिल्लो मतपरिणाम अनुसार अर्याललाई धनराज गुरुङले करिब ११ सय मतान्तरले पछि छाडेका छन्।

कांग्रेसका गुरूङले ४ हजार ५९० मत पाउँदा एमालेकी अर्यालले ३ हजार ४५५ मत ल्याएकी छन्। स्याङ्जा २ मा जम्मा ७० हजार १९१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

स्याङजा