Logo
१३ माघ २०७९, शुक्रबार

नेदरल्यान्ड्स विश्वकपको क्वाटर फाइनलमा

अक्षरपाटी
२०७९ मंसीर १७ , शनिबार १०:१२ मा प्रकाशित

काठमाडौं । नेदरल्यान्ड्स जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सले खेलको दशौं मिनेटमा अग्रता लियो । डेन्जेल डुम्फ्रिजको पासमा मेम्फिस डेपायाले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए ।

पहिलोे हाफको इन्जुरी समयमा थप एक गोल गर्यो । डुम्फ्रिजकै पासमा डाले ब्लाइन्डले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए ।

७६ औं मिनेटमा अमेरिकाले खेलमा फर्किने प्रयास गर्यो । पुलिसिसको पासमा हाजी व्राइटले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।

तर, ८१ औं मिनेटमा डेन्जेल डुम्फ्रिजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–१ को जित दिलाए ।

अब सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सले अस्ट्रेलिया र अर्जेन्टिनाबीचको विजेता टोलीसँग खेल्नेछ ।