Logo
१३ माघ २०७९, शुक्रबार

विश्व कप फुटबलमा आज दुई वटा खेल : फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दै

अक्षरपाटी
२०७९ मंसीर १८ , आईतबार १०:१२ मा प्रकाशित

काठमाण्डौ ।  कतारमा भइरहेको फिफा विश्व कप फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज साविक विजेता फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दैछन् ।

अल थुमामा मैदानमा हुने पहिलो खेल अन्तर्गत बेलुकी पौने ९ बजे फ्रान्स र पोल्यान्ड खेल्दैछन् । यस्तै, दोस्रो खेल अल बयात स्टेडियममा इङ्ल्यान्ड र सेगेनलबीच राति पौने १ बजे सुरु हुनेछ।

फ्रान्स समूह(डी)को विजेता र पोल्यान्ड समूह (सी) को उपविजेता बन्दै अन्तिम १६ अर्थात् नकआउट चरण पुगेको हो । इङ्ल्यान्ड समूह(बी)को विजेता र सेनेगल समूह (ए) को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । यी खेलबाट विजयी हुने टोली क्वाटर फाइनलमा पुग्नेछन् ।

यसअघि गएराति भएको खेलमा विजयी भएका अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन् ।अर्जेन्टिना अस्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको हो।