Logo
२२ वैशाख २०८१, शनिबार

ब्राजिल विश्वकपको क्वाटरफाइनलमा

अक्षरपाटी
२०७९ मंसीर २० , मंगलबार ११:१२ मा प्रकाशित

काठमाडौं । पाँचपटकको विश्वकप विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भेनिसियस जुनियरले गोल गर्दै अग्रता दिलाए । दोस्रो गोल नेयमारले पोनाल्टीमा गरे । उनले खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दोब्बर बनाए ।

यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो ।

दोस्रो हाफमा ब्राजिलले थप गोल गर्न भने सकेन् । दक्षिण कोरियाले एक गोल फर्कायो । खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे ।

त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिल ४-१ गोलले विजयी भयो । अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलले युरोपियन राष्ट्र क्रोएसियासँग खेल्नेछ ।