Logo
७ पुस २०८१, आईतबार

मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टोली, पोर्चुगल बाहिरियो

अक्षरपाटी
२०७९ मंसीर २४ , शनिबार ११:१२ मा प्रकाशित

काठमाडौं । मोरक्को विश्वकपको इतिहासमै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। शनिबार भएको खेलमा पोर्चुगललाई १ शून्यले पराजित गर्दै मोरक्कोले इतिहास रचेको हो।

खेलको एकमात्र निर्णायक गोल मोरक्कोका युसिफ एन नेस्रीले गरेका हुन्। उनले खेलको ४२ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए।

पोर्चुगल १ शून्यले पछि परेपछि प्रशिक्षक सान्तोषले बेञ्चमा रहेका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई मैदान पठाएका थिए। उनी खेलको ५१ औँ मिनेटमा नेभेसको स्थानमा मैदान प्रवेश गरेका थिए। तर पनि पोर्चुगलको आक्रमण लाइनमा सुधार आउन सकेन ।

खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो। मोरक्कोका वालिड चेड्डिराले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए। १० खेलाडीमा समेटिएको मोरक्कोविरुद्ध पोर्चुगलले गोल गर्न नसक्दा खेल १ शून्यमा सकिएको थियो।

यससँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ। जित हात पारेको मोरक्कोले फाइनल प्रवेशका लागि आज मध्येराति हुने फ्रान्स र इंग्यान्डबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

 

fifa worldcup 2022 moracco ronaldo