Logo
२० माघ २०७९, शुक्रबार

काभ्रेको बेथानचोकमा बस दुर्घटना १८ जनाको मृत्यु, २५ घाइते

अक्षरपाटी
२०७९ मंसीर २७ , मंगलबार ०८:१२ मा प्रकाशित

काभ्रे। काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका ४ चलाल गणेशस्थानमा आज साँझ भएको बस दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

बेथानथोक ५ च्याल्टीमा पारिवारिक कार्यक्रममा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्ब बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

उद्धारकर्ताका अनुसार १८ जनाको शव भेटिएको बताइएको छ। दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन्। उनीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना