Logo
१३ वैशाख २०८१, बिहीबार

नेपाल टी-ट्वान्टी लिग आजदेखि सुरु

अक्षरपाटी
२०७९ पुस ९ , शनिबार १०:१२ मा प्रकाशित

काठमाडौं । नेपाल टी-२० लिग आजदेखि सुरु भएको छ । लामो समयको विवाद र अनिश्चितताकाबीच टी-ट्वान्टी लिग आदजदेखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

पोखराले टस जितेर फिल्डिङ गरिरहेको छ । यी दुवै टिमले विदेशी खेलाडी मैदान उतारेका छन् । तर, प्रतियोगितामा सहभागी भएका विदेशी खेलाडीको श्रम स्वीकृति लिन भने बाँकी नै छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उदघाटन गरेका हुन् । उनले खेलकुदको विकासमा यो राम्रो काम भएको बताए ।

प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने छ । यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनेले १० र चौथो हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले पाँच लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमर्जिङ खेलाडीले उक लाख ८० हजार रुपैयाँ पाउनेछन् ।

हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।