Logo
६ वैशाख २०८१, बिहीबार

दूधको मूल्यवृद्धि फिर्ता

अक्षरपाटी
२०७९ पुस १९ , मंगलबार १०:०१ मा प्रकाशित

काठमाडौं। दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन्।

डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १६ सम्म बढाएका थिए। लगत्तै पुस १७ गते दुग्ध विकास बोर्डले मूल्यवृद्धि स्थगन गर्न व्यवसायीलाई निर्देशन दिएको थियो। तर व्यवसायी मूल्यवृद्धि फिर्ता नहुने बताउँदै आएका थिए।

आज कृषि तथा पशुपन्छी मन्त्रालयमा पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड र डेरी व्यवसायीबीच छलफल भएकोमा मूल्य समायोजनका लागि तत्काल अध्ययन गरिने र अहिले भएको मूल्यवृद्धि फिर्ता गर्ने सम्झौता भएको हो।

“पुस १६ गतेदेखि लागू गरिएको दूधको मूल्य तत्काल स्थगन गर्ने सहमति भएअनुरुप किसानको बढ्दो उत्पादन, मुद्रास्फीति, इन्धन, प्याकेजिङ, कर्मचारीको ज्याला, ब्याजदरमा भएको वृद्धिसमेतलाई विचार गरी जति सक्दो छिटो दूधको मूल्य समायोजन गर्न विज्ञ टोली गठन गरी नयाँ दरभाउ कायम हुने विश्वासका साथ केही समयका लागि वृद्धि गरिएको दूधको मूल्य तत्कालका लागि स्थगन गरिएको छ,” डेरी उद्योग संघले मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

दूधको उत्पादन लागत बढेको र किसानबाट खरिद गर्ने मूल्य नै महँगो परपछि मूल्य बढाउनुपरेको डेरी उद्योगीको भनाइ छ।

दाना, चोकरको मूल्य बढेको, कर्मचारीको तलबदेखि बैंकको ब्याजसम्म बढेको र मूल्य बढाउन किसानले पटक–पटक दबाब दिए कारण मूल्य बढाउनुपरेको उनीहरुले बताउँदै आएका छन्। तर उपभोक्ता मूल्य बढाइए पनि त्यसको फाइदा किसानसम्म नपुग्ने गरेको गुनासो छ।

दूधको मूल्य