Logo
१३ माघ २०७९, शुक्रबार

पब्जी विश्वकपमा नेपाली टिम बन्यो उपविजेता,पुरस्कार ३ करोडभन्दा धेरै

अक्षरपाटी
२०७९ पुस २५ , सोमबार १०:०१ मा प्रकाशित

नेपालको व्यावसायिक पब्जी टोली ‘डिआरएस’ गेमिङ पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप‍- २०२२ मा दोस्रो भएको छ।

इन्डोनेसियामा आइतबार सम्पन्न फाइनल चरणको प्रतिस्पर्धामा डिआरएसले द‍ोस्रो स्थान हात पारेको हो। प्रतियोगितामा टर्कीको  ‘एस२जी इस्पोर्ट्स’ प्रथम भयो।

दोस्रो भएको डिआरएसले कुल २ लाख ९२ हजार डलर ९३ करोड ८६ लाख रूपैयाँ० पुरस्कार पाएको छ। टर्कीको ‘एस२जी इस्पोर्ट्स’ ले विजेता हुँदै ५ लाख १० हजार डलर प्राप्त गरेको छ।

यसअघि डिआरएसले गत महिना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो। डिआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन्। टिमका सिइओ भिक्टर पौडेल हुन्।

यो प्रतियोगितामा नेपालको अर्को टोली ‘ट्रेन टु किल’ ले पनि सहभागिता जनाएको थियो। ट्रेन टु किल तेह्रौं हुँदै १ लाख ३२ हजार डलर पुरस्कार पाएको छ। ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो।