Logo
७ वैशाख २०८१, शुक्रबार

सभ्यताको अभिनयमा ‘जब तिमी हुनेछौ’

अक्षरपाटी
२०७९ पुस २९ , शुक्रबार ०१:०१ मा प्रकाशित

काठमाडौं। नायिका तथा मोडल सभ्यता गिरी अभिनित ‘जब तिमी हुनेछौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियोमा सभ्यतासंगै कमल सिंहको अभिनय देख्न सकिन्छ ।

प्रबिशा अधिकारी र राजा खतिवडाको स्वर रहेको सो गीतमा सीता सुवेदीको शब्द र सरोज पोखरेलको संगीत तथा उदयराज पौडेलको ‘सङ्गीत संयोजन’ छ।

दिनेश पराजुलीले छायांकन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका छन्।

जीवन शाहीको निर्देशन तथा हेमन्त गुरुङ्गको कोरियोग्राफीमा तयार पारिएको उक्त म्युजिक भिडियो ‘सरोज पोखरेल अफिसियल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।