Logo
१३ माघ २०७९, शुक्रबार

मृत्युपश्चात् शरीरका सबै अंग दान गर्छु : प्रधानमन्त्री दाहाल

अक्षरपाटी
२०७९ माघ ६ , शुक्रबार १२:०१ मा प्रकाशित

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपछि आफ्नो शरीरका सबै अंग दान गर्ने बताएका छन्।

आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘‘मेरो मृत्युपछि सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।’’

उनले केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको र यसलाई थप आधुनिक र प्रभावकारी बनाउने आफूहरुको जिम्मेवारी भएको समेत बताए।

प्रधानमन्त्रीले भने, ‘‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई कार्यान्वयन गराइनेछ।ु

नेपालमा वर्षेनी ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा २०० सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन्।

प्रधानमन्त्री दाहालले यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न नसक्ने र यसलाई तत्काल देशभर विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए। आफूले सातवटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको सुनाए।

दाहाल