Logo
३१ भदौ २०८२, मंगलबार

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० : आज सुदूरपश्चिम र प्रदेश १ को फाइनल भिडन्त

अक्षरपाटी
२०७९ माघ ७ , शनिबार १०:०१ मा प्रकाशित

काठमाडौं, ७ माघ । सुनसरीको इटहरीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

मध्यान्ह १२ बजेबाट जनता क्रिकेट पार्कमा हुने खेलमा उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्नेछन्। प्रदेश १ विभागीय क्लब एपीएफलाई पराजित गर्दै फाइनलमा पुगेको हो।

हिजो भएको खेलमा प्रदेश १ ले एपीएफलाई आठ विकेटले पराजित गरेको थियो। त्यस्तै मधेश प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो।

सुदूरपश्चिमले मधेसविरुद्ध ११४ रनको फराकिलो जित निकालेको थियो।

प्रधानमन्त्री कप फाइनल भिडन्त महिला राष्ट्रिय टी–२० सुदूरपश्चिम र प्रदेश १