Logo
११ वैशाख २०८१, मंगलबार

पशुचौपायामा रेबिज देखिएपछि नियन्त्रण गर्न काभ्रेमा खोप अभियान

अक्षरपाटी
२०७९ माघ १३ , शुक्रबार १०:०१ मा प्रकाशित

काभ्रे १३ माघ। काभ्रेमा पछिल्लो समय पशुचौपायामा रेबिज देखिएपछि त्यसको जोखिम मानव समुदायमा समेत देखिएको जनगुनासो उच्च भएको छ।

रेबिज रोग नियन्त्रण गर्न जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखि निगरानी तथा पशुचौपाया र स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेका छन्।

महाभारत गाउँपालिकाको दुई गाउँमा मङ्सिर पहिलो सातादेखि रेबिजको सङ्क्रमण देखिएको हो। त्यसपछि मण्डनदेउपुरको एउटा वडा तथा रोशी गाउँपालिकामा पनि रेबिज फैलिएको थियो।

मण्डनदेउपुर–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा रेबिज पुष्टि भएको छ। रेबिज देखिएपछि सो क्षेत्रका पशुचौपायालाई खोप लगाउन थालिएको हो।

मण्डनदेउपुरका केही स्थानमा ६ महिनाको अवधिमा २२ गाई मरिसकेका छन्। मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ५० जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ। थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए।

केही महिनाअघि भुम्लु गाउँपालिकामा रेबिजका कारण पशुचौपायाको मृत्यु भएपछि त्यहाँका पशुचौपाया र दुई सय ८९ जनालाई रेबिजविरुद्धको खोप लगाइएको थियो।

महाभारत गाउँपालिकामा पनि रेबिजका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्धको खोप लगाइएको छ।

रेबिज