Logo
१४ वैशाख २०८१, शुक्रबार

खुल्यो शुभम् पावरको आईपीओ

अक्षरपाटी
२०७९ माघ १८ , बुधबार ०२:०२ मा प्रकाशित

काठमाडौं १८ माघ। शुभम पावर लिमिटेडले साधारण शेयर आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता एकसयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर बिक्री खुला गरेको हो।

आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो।

त्यसमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गर्नुका साथै ११ हजार ६ सय १० कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ।

बाँकी रहेका चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिएको हो।

सर्वसाधारणले यही माघ २२ सम्म १० कित्ता देखि पाँच हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।