Logo
१४ भदौ २०८३, आईतबार

‘जुलेबी’को पहिलो पोस्टर सार्वजनिक

अक्षरपाटी
२०७९ फागुन २४ , बुधबार ११:०३ मा प्रकाशित

काठमाडौं २४ फागुन। नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ।

सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ।

एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको शसक्त र अब्बल अभिनय रहेको दाबी निर्माण टिमको छ।

चार नारी पात्रको कथा समेटिएको चलचित्रमा नारीको विभिन्न रूप र रंगका साथ बाँधिएको छ।

चार जना नारीलाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रको निर्माता पनि नारी नै रहेकी छन्। चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन्।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमाका निर्देशक गणेश देव पाण्डे हुन्।

बिबेक खड्काको छायाँकन रहेको चलचित्रको सम्पादन अन्जय खड्काले गरेका छन्।

चलचित्रको कार्यकारी निर्माता नबीन भट्टले हुन्। चलचित्रको प्रदर्शन मिति भने फाइनल हुन बाँकी छ।

ट्रेन्डिङ ( साप्ताहिक )