काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको छ।
आज सेयर बजार परिसूचक ५० अंकले बढेको छ। नेपाल बैंकर्स संघले चैत १ देखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो। त्यसैको प्रभावस्वरुप नेप्से उकालो लागेको हो।
आज नेप्से बढेर २ हजार २ दशमलव ७ अंकमा पुगेको छ। १३ वटै समूहले नेप्से बढाएका हुन्। बैंकर्स संघले आज बिहान कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो।
बैंकहरुले यसअघि आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्दै आएकामा संघले चैत १ देखि बढीमा ५ प्रतिशत मात्र थप्ने निर्णय गरेकाले बजार खुलेदेखि नै नेप्से उकालो लागेको थियो।
आज २ सय ६२ कम्पनीको सेयर किनबेच भएकामा २ सय १३ कम्पनीको मूल्य बढेको छ। यस्तै १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ।