Logo
१४ भदौ २०८३, आईतबार

पाँचौं ब्युटिसियन ट्यालेन्टको पहिलो अडसन भोलि

अक्षरपाटी
२०७९ चैत्र ४ , शनिबार १०:०३ मा प्रकाशित

काठमाडौं, ४ चैत । ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ पाँचौं सिजन चैत अन्तिममा हुने भएको छ।

एक महिना अघि यो प्रतियोगिता फारम खुला गरिएको थियो। प्रतियोगिताको पहिलो अडिसन भालि आइतबार काठमाडौंमा हुने भएको छ। यसको दोश्रो अडिसन आगामी चैत १० गते हुने आयोजकको भनाइ छ।

नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता पाँच वर्षदेखि हुँदै आएको छ।

रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिलेको आयोजनामा हुँदै आएको यो प्रतियोगितामा सहभागी हुनेहरुलाई बिगत झैं यसपटक पनि विभिन्न शिर्षकमा प्रशिक्षण राखिएको छ।

प्रतियोगिताको बिजेताले काठमाडौं बैंकक काठमाडौंको यात्राका लागि दईतर्फ हवाई टिकट सहित विभिन्न उपहार, सर्टफिल्म तथा म्युजिक भिडियोमा मेकअप र मोडलिङ अबसर, विभिन्न र्याम्पमा क्वाटवाकको अबसर प्राप्त गर्ने छन्।

ट्रेन्डिङ ( साप्ताहिक )