Logo
१५ वैशाख २०८१, शनिबार

युनाइटेड एफए कपको सेमिफाइनलमा

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार ०९:०३ मा प्रकाशित

एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनल खेलमा फुलहमलाई ३-१ गोलले हराउँदै युनाईटेड अन्तिम चारमा पुगेको हो ।

खेलको ५० औं मिनेटमा एलेकसान्डर मिट्रोभिचले गोल गर्दै फुलहमलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा विलियनले रातो कार्ड पाएपछि फुलहम १० खेलाडीमा समेटियो ।

युनाईटेडका जाडोन सान्चोको प्रहारलाई गोललाइन क्षेत्रमा हातले रोकेपछि रेफ्रीले विलियनलाई रातो कार्ड र युनाईटेडलाई पेनाल्टी दिएको थियो । लगत्तै ७२ औं मिनेटमै मिट्रोभिचले समेत रातो कार्ड पाउँदा फुलहम ९ खेलाडीमा समेटिएको थियो ।

विलियनलाई कार्ड र पेनाल्टी दिएपछि रिसाएका मिट्रोभिचले रेफ्रीलाई हातले ढकेलेपछि उनलाई पनि रातो कार्ड दिदै रेफ्रीले मैदान बाहिर पठाए । ७५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७७ औं मिनेटमा मार्सल सबिट्जरले गोल गर्दा युनाईटेड २(१ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा ब्रुनोले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ३(१ ले विजयी भयो ।

अब युनाईटेडले सेमिफाइनलमा ब्राइटनसँग खेल्नेछ ।