Logo
१४ वैशाख २०८१, शुक्रबार

चैत १० देखि फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी

अक्षरपाटी
२०७९ चैत्र ६ , सोमबार ०५:०३ मा प्रकाशित

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले अघिल्ला वर्ष झैँ यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ।

प्रदर्शनी आगामी चैत १० देखि १२ गते सम्म भृकुटीमण्डप आयोजना हुन लागेको हो। प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने आयोजकले जनाएको छ।

नेपाल फाईभ पी देशैभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायलाई एकै ठाँउमा ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मंच प्रदान गर्ने उद्योग – व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो।

सो प्रर्दशनीमा देशैभरबाट बढी भन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजनकको विश्वास छ।

उक्त प्रदर्शनी मार्फत पाँच विधामा संचालन भएका उद्योग र व्यापार व्यवसायलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग साक्षात्कार गराउनुका साथै विभिन्न उध्योगबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन्।

यस अन्तरास्ट्रिय प्रदर्शनीमा सह आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ छन्।

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ।

‘सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउन र संसारभरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने प्रयास हो’, नेपाल फाईभ पि एक्स्पो का आयोजकको भनाइ छ।

फाईभ पि प्रर्दशनी