Logo
१२ वैशाख २०८१, बुधबार

गण्डकी प्रदेश सरकार माओवादी बाहिरियो, बागमती प्रदेशमा एमाले मन्त्रीको राजीनामा

अक्षरपाटी
२०७९ चैत्र १० , शुक्रबार ०३:०३ मा प्रकाशित

काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै यसको असर प्रदेश सरकारमा पनि परेको छ।

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने निर्णय गरेको छ। आज बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट आजै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ।

अहिले नेपाली कांग्रेस आगामी बाटोबारे छलफल भइरहेको छ।

यस्तै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ। एमालेका ४ जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई सदनमै राजीनामा बुझाएका छन्।

प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मिलेर पुष २६ गते प्रदेश सरकार बनेको थियो ।