Logo
८ वैशाख २०८१, शनिबार

जम्कट्टेलले पाए विश्वासको मत

अक्षरपाटी
२०७९ चैत्र १० , शुक्रबार ०४:०३ मा प्रकाशित

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्।

मुख्यमन्त्री जम्कट्टेललाई ६७ सांसदले दोस्रोपटक विश्वासको मत दिएका हुन्। ११० सदस्यीय प्रदेशसभा सांसदमध्ये ६७ जनाले उनलाई विश्वासको मत दिएका हुन्। १७ सांसदले भने विपक्षमा मत दिएका छन्।

सभामा ७ जना सांसद तटस्थ बसेका छन्। उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन्। मुख्यमन्त्री नियुक्त भएको तीन महिना नहुँदै उनले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले आज पुनः विश्वासको मत लिएका हुन्।