Logo
१३ वैशाख २०८१, बिहीबार

प्रहरी सेवालाई चुस्त बनाउँछु : आईजीपी कुँवर

अक्षरपाटी
२०७९ चैत्र ११ , शनिबार ०८:०३ मा प्रकाशित

काठमाडौं ११ चैत। हिजो मात्रै प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका वसन्तबहादुर कुँवरले प्रहरी सेवालाई अझै प्रभावकारी बनाउने बताएका छन्।

उनले प्रहरी प्रधान कार्यालयले अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका हुन्।

अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यलयमा बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने बताए।

थालिएका अधुरा योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए।

उनले प्रहरी महानिरीक्षक सिंहलगायतको उच्च अधिकृतले प्रहरी सेवामा अनवरत नेतृत्वमा रहेर पु¥याएको सेवाप्रति अभार व्यक्त गरे।

उनले अवकाश हुन लागेका महानिरीक्षक सिंहको आगामी जीवनका लागि सफलताको शुभकामना दिए।

अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सबै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन गर्न सफल भएको र उक्त कार्यका लागि प्रहरी कर्मचारीबाट प्राप्त साथ र सहयोगको खुलेर प्रशंसा गरे।

उनले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकाल सफलताको शुभकामना दिए । नवनियुक्त महानिरीक्षक कुँवरले आज शनिबारदेखि कार्यभार सम्हालेका छन्।